आईपीएलमा आज बेङ्ग्लोर र हैदरावाद भिड्दै


आईपीएलमा आज बेङ्ग्लोर र हैदरावाद भिड्दै

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत तेस्रो खेलमा आज रोयल च्यालेन्जर्स बेङ्ग्लोर र सनराइजर्स हैदराबाद भिड्दै छन्। आज साँझ पौने ८ मा सुरु हुने खेलमा बिराट कोहलीको कप्तानीमा रहेको बेङ्ग्लोर र डेबिट वार्नरको कप्तानीमा रहेको हैदराबाद आमनेसामने हुनेछन्।

खेलको क्रममा दुबइ इन्टरनेसनल स्टेडियमको आकाश खुला रहने अनुमान गरिएको छ। तापक्रम २७ देखि ३७ डिग्री सेल्सियसका बीच रहने अनुमान छ। त्यस्तै मैदानमा स्लो विकेट भएका कारण स्पीनरलाई सहयोगी हुने बताइएको छ। पिचको अवस्था अनुसार टस जित्ने टोलीले पहिला ब्याटिङ गर्न रुचाउने छ। उक्त स्टेडिममा भएको कुल ६२ टी २० खेलमा पहिला ब्याटिङ गर्ने टिमले ३५ र पहिला फिल्डिङ गर्ने टिमले २६ खेल जितेका छन्।

कोहली भर्सेस वार्नर, कसले मार्ला बाजी......


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...