durbar-times

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार


कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

आइपिएल क्रिकेट २०२१ मा पञ्जाब किंग्सले राजस्थान राेयल्सलाइ ४ रनले पराजित गर्दै सिजनकाे सुरूवात गरेकाे छ ।

राजस्थान राेयल्सका कप्तान सञ्जु सामशनले शतक प्रहार गरेपनि टीमले जित हात पार्न असफल रह्याे ।

मुम्बईको वाङखेडे रंगशालामा २ सय २२ रनको लक्ष्य पछ्याएको राजस्थान २१७ रनमा समेटियाे । टीमका लागि कप्तान सामसनले सर्वाधिक ११९ रन बनाएका थिए ।

पहिलाे इनिङ्समा पञ्जाबले बिस्फाेटक पारी खेल्दै २२१ रन बनाएकाे थियाे । उसका लागि सर्वाधिक रन कप्तान लाेकेश राहुलले बनाएका थिए । उनले ९१ रनकाे पारी खेलेका थिए । त्यस्तै दिपक हुडाले विस्फाेटक ब्याटिङ गर्दै १८ औं ओभरमा आउट हुनुअघि उनले २८ बलमा ४ चौका र ६ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय पारी खेले । राजस्थानका चेतन साकारियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए ।

1

पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो होः कमरेड प्रचण्ड

2

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

3

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

4

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

5

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

6

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु


Share Tweet Send