durbar-times

आईपीएलमा राजस्थानको जित


आईपीएलमा राजस्थानको जित

ईन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले कोलकत्ता नाईट राईडर्सलाई हराएको छ ।  राजस्थान रोयल्सले कोलकत्ता नाईट राईडर्सलाई ६ विकेटले हराएको हो ।

कोलकत्ताले १ सय ३४ रनको लक्ष्य दिएको थियो र  राजस्थान रोयल्सले ४ विकेट गुमाएर ७ बल अगावै भेट्टाएको हो ।

राजस्थानको जितमा सन्जु सामसनले अविजित ४२ रनको ईनिङ्स खेले । डेभिड मिल्नर २४ रनमा अविजित रहदाँ एसहस्वी जयसवाल र सिभम दुबेले समान २२ रन बनाए । ओपनर जोस बटलर ५ रनमा आउट भएको खेलमा राहुल तिवाती ५ रनमा पोविलियन फर्किए ।

कोलकत्ताका वरुण चक्रवत्तीले सर्वाधिक २ तथा शिवम माभी र प्रशिद्ध कृष्णले समान एक एक विकेट लिए । कोलकत्ताका लागि राहुल त्रिपाठले सर्वाधिक ३६ रन बनाए । दिनेश कात्तिक २५, नितिस राना २२, सुभमन गिल ११, सुनिल नारिन ६, इयान मोर्गान शुन्य, आन्द्रे रसेल ९ रन, प्याट कुमिन्स ५ रनमा आउट भए । प्रसिद्ध कृष्ण शुन्य रनमा अविजित रहे ।

राजस्थानका क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिए । जयदेव, चेतन साकिरिया र मुस्ताफिर रहमानले समान एक एक विकेट लिए ।

राजस्थान २ खेलबाट ४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

कोलकत्ता २ अंक सहित तालिकाको पुछारमा छ ।

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send