प्लेअफमा स्थान पक्का गर्न जित्नै पर्ने दवाबमा दिल्ली र बैंगलोर


प्लेअफमा स्थान पक्का गर्न जित्नै पर्ने दवाबमा दिल्ली र बैंगलोर

इन्डियन प्रिमियर लिग अन्तर्गत सोमबार (आज) हुने खेलमा दिल्ली क्यापिट्ल्स र रोयल च्यालेन्जर्स बैंग्लोरले प्रतिस्पर्धा गर्नेछन् ।

खेल नेपाली समयअनुसार राति ७:४५ बजे अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा हुनेछ । यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ । समूह चरणको आफ्नो अन्तिम खेल खेल्न लागेका यी दुईबीचको विजेताले दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर  खेल्नेछ भने पराजय बेहोर्ने टिमले प्ले अफमा स्थान बनाउन अन्य टिमको प्रदर्शनमा भर पर्नु पर्नेछ ।

लिगमा १३ खेल खेलेको बैंगलोर १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । समान अंक रहेको दिल्ली अंक तालिकाको तेस्रो स्थानमा छ ।

प्लेअफ होडबाट बाहिरियो राजस्थान र किङ्ग्स एलाभेन पञ्जाब
काठमाण्डौ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइटराइडर्सले राजस्थान रोयल्सलाई ६० रनले हराएको छ । यूएईमा राति भएको खेलमा कोलकता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...