कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा


कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बुधबार) कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।

अबुधाबीमा कोलकत्ता र बैंगलोर दशौँ खेलका लागि मैदान उत्रने छन् । कोलकत्ता र बैंगलोरबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ता छैटौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ५ जितसहित १० अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ । इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकत्ता बैंगलोरलाई हराएर शीर्ष टोलिसँगको अंक दुरी घटाउन चाहन्छ ।

तर, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरविरुद्ध जित निकाल्न कोलकत्तालाई कठिन भने हुनेछ । किनकि बैंगलोर सातौं जितको खोजीमा रहेको छ । बैंगलोर ९ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

कोलकत्तालाई हराएर बैंगलोर शीर्ष टोलिसँग अंक बराबरी गर्न चाहन्छ ।

यस्तै बैंगलोर कोलकत्ताविरुद्ध लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । सिजनको पहिलो भेटमा कोलकत्तालाई बैंगलोरले ८२ रनले हराएको थियो ।

कोलकत्ता भने बैंगलोरसँग सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...