आईपीएलमा आज दुई खेल, जित्नैपर्ने दवावमा पञ्जाब, राजस्थान र कोलकाता


आईपीएलमा आज दुई खेल, जित्नैपर्ने दवावमा पञ्जाब, राजस्थान र कोलकाता

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी क्रिकेटअन्तर्गत आज (आइतबार) दुई खेल हुँदै छन् । आज हुने पहिलो खेलमा चेन्‍नई सुपर किङ्सले किङ्स इलेभेन पन्जाबसँग प्रतिस्पर्धा गर्दै छ ।

नेपाली समय अनुसार आज दिउँसो  ३:४५ बजे अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा चेन्नई सुपर किंग्स र किंग्स ११ पञ्जाबको सामना गर्नेछ । आजको खेलमा पन्जाबलाई जित्नैपर्ने दबाब छ । पन्जाबले आजको खेलमा जित निकाल्न सके प्लेअफमा स्थान बनाउने अवसर कायम हुनेछ ।

प्ले अपको दौडबाट बाहिरिसकेको चेन्नई आजको खेलमा आफ्नो प्रतिष्ठा जोगाउने प्रयासमा हुनेछ । हाल उ १३ खेलबाट ५ जित र ८ हारको नतिजा सहित लिगको अन्तिम स्थानमा छ । १२ अंक जोडेको पन्जाब तालिकाको पाँचौं स्थानमा छ ।

आजै हुने अर्को खेलमा कोलकाता नाइड राइडर्सले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दै छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ । आजको खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ । प्ले अफको सम्भावना जीवितै राख्न दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दवाव छ ।

हाल  राजस्थान १३ खेलबाट ६ जित र ७ हारको नतिजा सहित लिगको छौटौं स्थानमा रहेको छ भने कोलकाता १३ खेलबाट ६ जित र ७ हारको नतिजा सहित लिगको ७ औं स्थानमा रहको छ ।

हैदराबादले बैंगलोरलाई र मुम्बईले दिल्लीलाई पराजित गर्दा प्लेअफ समिकरण अझ रोमाञ्चक
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति दुई खेल सम्पन्न भए । पहिलो खेलमा दिल्ली क्यापिटल्सविरुद्ध मुम्बइ इन्डियन्स र रोयल च्यालेन्जर बंगलोरविरुद्ध सन राइजर हैदरावाद विजयी भयो । दिल्लीलाई ९ विकेटले हराउँदै मुम्बई शीर्ष चार स्थानमा सुरक्षित पुगेको छ । दिल्लीले दिएको १ सय ११ रनको झिनो लक्ष्य मुम…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...