समूह चरणको अन्तिम खेल गर या मरको स्थितीमा हैदराबाद(अंक तालिका सहित )


समूह चरणको अन्तिम खेल गर या मरको स्थितीमा हैदराबाद(अंक तालिका सहित )

इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करणमा समूह चरणको अन्तिम खेल मङ्गलबार (आज) हुँदैछ । आज हुने खेलमा साविक विजेता मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ ।

खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । मुम्बई शीर्षस्थानमा रहँदै प्लेअफका साथ क्वालिफायरमा स्थान पक्का गरेको हुँदा उसलाई प्रतिष्ठाको लडाईंमात्र हुने छ । मुम्बईले फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग खेल्ने छ । तर १३ खेलमा १२ अंकका साथ पाँचौ स्थानमा रहेको हैदराबादलाई प्लेअफमा स्थान बनाउन मुम्बईविरुद्ध स्पष्ट जितको आवश्यक पर्दछ । कोलकाता १४ खेलमा १४ अंकका साथ चौथो स्थानमा छ ।

मुम्बईलाई हराउँन सकेमा हैदराबादले कोलकाता नाइट राइडर्सलाई नेट रन रेटमा पछि बनाएर प्ले अफ पुग्नेछ ।

कोलकाता १४ खेलमा १४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । कोलकाताको प्ले अफ यात्रा समेत यसै खेलले निर्धारण गर्नेछ । यस वर्ष दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरले समेत प्ले अफ यात्रा तय गरिसकेको छ ।

आईपीएलमा दिल्ली क्वालिफायरमा, बैंगलोर पराजित हुँदा पनि प्ले अफमा
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । आबुधाबीमा सोमबार राति भएको आफ्नो अन्तिम लिग खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो । शेख जायद स्टेडियममा बैंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य…

अब एक टिम मात्र प्ले अफमा पुग्न बाँकी रहेको छ । जसमा हैदराबाद र कोलकाताको सम्भावना रहेको छ । हैदराबाद र कोलकाता मध्येको प्ले अफ पुग्ने एक टिमले इलिमिनेटरमा बैंगलोरसँग खेल्नेछ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...