विश्वप्रसिद्ध टी ट्वान्टी क्रिकेट प्रतियाेगिता आईपीएल काे १४ औँ संस्करण आजबाट सुरू हुँदैछ ।
भारतका विभिन्न शहरहरूमा हुने प्रतियाेगिताकाे पहिलाे खेल आज हुनेछ ।
पहिलाे खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लाेरबीचको खेल हुने हुँदैछ ।
मुम्बई र बेङ्ग्लाेरबीचको उद्घाटन खेल नेपाली समयअनुसार बेलुकी ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । मुम्बईको कप्तानी रोहित शर्माले गर्नेछन् भने बेङ्ग्लाेरको कप्तानी विराट कोहलीले गर्दैछन् ।
केही ठाउँमा लकडाउन भएको र खेलाडीहरुमा समेत कोरोना सङ्क्रमण भएकोले विशेष सावधानी अपनाइने आयोजकले जनाएको छ । आजदेखि सुरु हुने खेलमा सहभागी हुने खेलाडीलाई कोरोनाको सङ्क्रमण हुन नदिन होटलबाट बसमार्फत सिधै स्टेडियममा लैजाने र खेल सकिएपछि फेरि बसमार्फत नै होटलमा लगेर राख्ने व्यवस्था मिलाइएको छ ।
यसअघि १३ औं संस्करणको खेल कोरोनाको जोखिमका कारण दर्शकबिनानै खेलाइएको थियो।