आजबाट सबै टेलिभिजनमा आईपीएल लाइभ आउने


आजबाट सबै टेलिभिजनमा आईपीएल लाइभ आउने

काठमाडौं । आजदेखि सबै टेलिभिजन वितरकहरुले इन्डियन प्रिमियर लिग (आईपीएल)को लाइभ उपलब्ध गराउने भएका छन् । क्लिन फिड (विज्ञापन रहीत) नीति लागु भएसँगै गत शनिबारदेखि अवरुद्ध आईपीएलको लाइभ बुधबारदेखि पुनः सुचारु हुने भएको हो ।

स्टार नेटवर्क इन्डियाले नेपाली दर्शकको माग अनुरुप अस्थायी रुपमा समाधान निकालेको डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए । उनले भने, ‘अस्थायी समाधानको रुपमा स्टार नेटवर्कका स्टार प्लस, स्टार गोल्ड र स्टार स्पोर्ट्स वान गरी तीन वटा च्यानल आजबाट सुनः सुचारु हुँदैछन् ।’

पुनः सुचारु हुने तीन वटै च्यानलका लागि स्टार नेटवर्कले आईपी (इन्टरनेट प्रोटोकलमा आधारित) प्रविधि अपनाएको छ । जसमा नियमितको तुलनामा तीन देखि चार सेकेन्ड ढिलो गरी प्रसारण हुने आचार्यको भनाई छ ।

‘यसमा च्यानल केही ढिलो आउने मात्र होइन, ब्याण्डविथ नपुगेको समयमा केही ल्याग हुने समस्या पनि आउन सक्छ,’ उनले भने । यस अघि स्टार नेटवर्ककै ३४ वटा च्यानल नेपालमा प्रसारण हुँदै आएका थिए ।

मुम्बई र बैंगलोर भिड्दै
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (बुधबार) साविक विजेता मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ । शीर्ष स्थानको मुम्बईले अबुधाबीमा बैंगलोरसँग खेल्नेछ । मुम्बई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सु…

सबैभन्दा धेरै च्यानल भएको स्टार नेटवर्कले नेपालका लागि अन्य च्यानल समेत क्लिन फिडको रुपमा उपलब्ध गराउने तयारी थालेको छ । साथै जीटीभी र सोनीले समेत नेपालमा क्लिन फिड सहितको प्रसारण गर्ने प्रयास गरिरहेका छन् ।

मैत्रीपूर्ण खेलका लागि महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नोभेम्बर दोस्रो साताका लागि तय गरिएको बंगलादेशविरुद्ध खेलिने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बालगोपाल महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । नेपालले बंगलादेशविरुद्ध खेल्ने दुई मैत्रीपूर्ण खेलको मिति तयबंगलादेश फुटबल महासंघ (बीएफएफ)ले नेपालको …

मूख्य प्रदायकका विदेशी टेलिभिजन च्यानलहरु पुनः सुचारु हुने तयारीमा छन् । त्यसमा बीबीसीले क्लिन फिडका लागि समय माग गरेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...