Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

चन्द्रागिरीको आइपीओ बाँडफाँट, १२ लाखकाे हात खाली हुँदा दुइ जनाले पाए ११ कित्ता


चन्द्रागिरीको आइपीओ बाँडफाँट, १२ लाखकाे हात खाली हुँदा दुइ जनाले पाए ११ कित्ता

चन्द्रागिरी हिल्स कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा बिहान १० बजे गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो । जसमा १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । त्यस्तै, बाँकी रहेको २ कित्ता सेयर भाग्यमानी दुई आवेदकको हातमा परेको छ । यसमा १२ लाख १६ हजार ९५३ जनाले आवेदन दिएकामा ५ हजार ८३८ जना आवेदकको आवेदन रद्ध भएको छ । १२ लाख ११ हजार ११५ जना आवेदनकर्ता भने आइपीओ हात पार्न बञ्चित भएका छन् ।


चन्द्रागिरी हिल्सले पुस २४ गतेबाट २८ गतेसम्म  सर्वसाधारणका लागि १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ४% अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५% अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो ।

बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यबस्था थियो । यसअघि चन्द्रागिरीले मंसिर १७ देखि पुस १ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई आइपीओ बिक्री गरेको थियो । कम्पनीले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ ।

1

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

2

शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने

3

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

4

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

5

नेपाली क्रिकेट: खेलाडीको रगत र पसिनाको उचित मूल्याङ्कन कहिले हुन्छ ?

6

‘जैस–उल हिन्द’ले लिए अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको कारको जिम्मा


Share Tweet Send