http://bit.ly/bajajdurbartimes

प्रभु लाइफकाे आइपीओले ताेड्याे सबै रेकर्ड,कति पर्याे आवेदन ?


प्रभु लाइफकाे आइपीओले ताेड्याे सबै रेकर्ड,कति पर्याे आवेदन ?

प्रभु लाइफ इन्सुरेन्सको आइपीओमा १० लाख ४४ हजार ५२५ जना लगानीकर्ताले आवेदन दिएका छन् । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार अन्तिम दिन बिहीबार साँझ ४ः३० बजेसम्म २ अर्ब ७७ करोड ९४ लाख ७३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । याे आजसम्मकै सबैभन्दा धेरै आवेदन हाे ।

कुल २ करोड ७७ लाख ९४ हजार ७३० कित्ताका लागि आवेदन परेको हो । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५४ लाख कित्तालाई आधार मान्दा माग भन्दा ५.१५ गुणा बढी आवेदन हो । प्रभु लाइफ इन्सुरेन्सको मंसिर २९ गतेदेखि बिहीबार (पुस २ गते) सम्म आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।

बाँकी ५४ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ । प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ ।

हाल प्रभुको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । बिमा समितिको प्रावधान अनुसार जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्दछ ।

1

कोरोनाकालपछिको पहिलो ब्लकबस्टर फिल्म 'मास्टर', कति कमायो?

2

पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि

3

भारतले नेपाललाई दियो १० लाख डोज कोरोना खोप,बिहीबार नै काठमाडौं आइपुग्ने

4

सेयर बजारमा फेरि देखियो सुधार

5

प्रतिनिधिसभा विघटनको विरोधमा युवाद्वारा काठमाडौंमा ‘नमुना संसद्’ आयोजना

6

गर्भमा बच्चा ९ महिना रहँदा के गर्ने के नगर्ने जन्नुहोस्


Share Tweet Send