चिरख्वा हाईड्रोपावरले आइपिओ जारी गर्ने भएकाे छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका रू.१२ करोड रुपैंयां बराबरको १२ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएकाे हाे।
कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गर्ने सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा चिरख्वा हाईड्रोपावरको तर्फबाट संचालक केदारनाथ कार्की र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।
धिताेपत्र बाेर्डमा आवेदन दिएर स्वीकृति प्राप्त भएपछि कम्पनीले आइपिओ जारी गर्नेछ ।