नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आइपीओ निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ । यस आइपीओलाई इक्रा नेपालले आइआर “बीबीबी” रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, यसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ । यता, बैंकले ८ अर्ब रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरको ८ करोड कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपालको इतिहासमै सबैभन्दा ठूलो आइपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । हाल यस बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी २० अर्ब पुग्नेछ ।