संक्रमण रोक्न लगाइएको प्रतिबन्धविरुद्ध इटालीमा हिंसात्मक प्रदर्शन


संक्रमण रोक्न लगाइएको प्रतिबन्धविरुद्ध इटालीमा हिंसात्मक प्रदर्शन

कोरोना संक्रमण रोकथामका लागि भन्दै दोस्रो पटक प्रतिबन्ध लगाइएपछि इटालीका विभिन्न शहरमा विरोध प्रदर्शन चर्केको छ ।

कोरोना महामारीको ठूलो असर भोगिसकेको देश इटलीमा महामारीको दोस्रो लहरको खतरा बढेको छ । प्रशासनले दोस्रो लहरबाट बच्नको लागि पूर्वतयारीस्वरुप मिलान, तुरिन लगायतका शहरमा रेष्टुरेन्ट, क्याफेहरु छिटै बन्द गर्न आदेश दिएको छ । सिनेमा हल, जिम र मनोरञ्जनका अन्य साधनहरु बन्द गराएको छ । जनताले भने सरकारले लगाएको प्रतिबन्धको विरोध गरेका छन् ।

उत्तरी इटलीको शहर तुरिनमा सरकारी प्रतिबन्धको विरोधमा सडकमा उत्रिएको भिड हिंस्रक भएको छ । इटालीको मिलान, तुरिन, नेपल्स लगायतका शहरहरुमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

तुरिनमा प्रहरीमाथि पेट्रोल बम प्रहार गरिएको छ भने पसलहरुमा तोडफोड समेत भएको छ। मिलानमा प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले ठूलो मात्रामा अश्रु ग्यास प्रहार गरेको छ।

सरकारले रेष्टुरेन्ट, सिनेमाघर, बार, जिम लगायतका क्षेत्रहरु बन्द गर्न आदेश गरेपछि इटालीमा हिंसात्मक प्रदर्शन सुरु भएको हो।

संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैनः डब्लुएचओ
न्यूयोर्क– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ। पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरू…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...