नेपालकाे इतिहासमा नै पहिलाे महिला पुजारीकाे रूपमा सहनशीला शर्मा झाले नियुक्ति पाएकी छन् । उनले काठमाडाैँ असन अन्नपूर्ण नारायण मन्दिरकाे पुजारीकाे रूपमा नियुक्ति पाएकी हुन् ।
गुठी संस्थान नेपालले १ वर्षकाे परीक्षणकाल र अधिकतम ५ वर्षका लागि नियुक्ति गरिएकाे भन्दै नियुक्तिपत्र दिएकाे छ। याेभन्दा अघि अफिसियल रूपमा महिला पुजारी भएकाे कुनै रेकर्ड फेला परेकाे छैन ।
सहनशीलाले पत्रकारीता विषयमा रत्न राज्यलक्ष्मी क्याम्पसबाट डिग्री हासिल गरेकी छन् ।
गुठी संस्थानले पहिले कुनै सम्भावना नरहेकाे बताएपनि नरदेवीमा जन्मिएकी सहनशीलाले हरेश खाइनन् र अन्त्यमा संस्थानका व्यक्तिहरलाइ मनाएरै छाडिन् । उनीसँग माग गरिएका सबै डकुमेन्ट थिए ।