जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने भएको छ ।आइपीओ निष्कासन तथा बिक्रीका लागि संस्थाले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
लघुवित्तको पोखराको सिमलचौरस्थित केन्द्रीय कार्यालयमा नियुक्तिसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत विमला योगी र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।
हाल २० जिल्लामा लघुवित्त कारोबार गरिरहेको संस्थाको चुक्ता पुँजी १० करोड ७८ लाख छ । थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपछि चुक्ता पुँजी १६ करोड पुग्नेछ ।