Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

प्रधानन्यायाधीशले यो केपी ओलीको सरकार कि नेकपाको भन्दै प्रश्न गरेपछी...


प्रधानन्यायाधीशले यो केपी ओलीको सरकार कि नेकपाको भन्दै प्रश्न गरेपछी...

काठमाडौं | प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अहिले सरकार केपी ओलीको कि नेकपाको भन्दै प्रश्न गरेका छन् ।

जबराले अधिवक्ता दीनमणि पोख्रेललाई अहिलेको सरकार कसको हो भनेर प्रश्न गरेका छन्।आइतबार संवैधानिक इजलासमा अधिवक्ता पोख्रेलले जवाफी बहस गरिरहेको बेला प्रधानन्यायाधीश जबराले सोधे, ‘यो सरकार केपी ओलीको हो कि नेकपाको?

जवाफमा पोख्रेलले यो नेकपाकै सरकार भएको बताए ।

त्यसपछि इजलासबाट ७६ (१) को सरकारको विकल्पमा अर्को सरकार संसद्‌बाट बन्ने अवस्थाबारे प्रश्न गरिएको थियो ।  अधिवक्ता पोख्रेलले अदालतले संसद्‌बाट सरकार बन्ने अवस्था हेर्ने विषय नभएको र संसद्‌ले निर्णय गर्ने विषय भएको बताए ।

प्रधानन्यायाधीश जबराले त्यही जवाफमाथि टेकेर थप प्रश्न गरे, ‘यदि नेकपाको सरकार हो भने नेकपा बहुमत प्राप्त दल हो। अनि तपाईंले धारा ७६.१ बाहेकका विकल्पबाट कसरी सरकार बन्ने अवस्था देख्नुभयो? बहुमत प्राप्त दल भएको अवस्थामा संविधानले बाँकी बुँदालाई लोप गर्छ। यो संविधानसँग कसरी मिल्छ? बाँकी सम्भावना कहाँ छ?’

त्यसको जवाफमा अधिवक्ता पोख्रेलले ओलीले सरकार चलाउन नसक्ने हो भने राजीनामा दिनु पर्ने र संसदीय दलबाट विकल्प खोज्नु पर्ने बताए। उनले सरकार बन्न सक्थ्यो कि सक्दैनथ्यो भनेर अदालतले अनुमान गर्न नमिल्ने जवाफ दिए।

1

कांग्रेसलाई पदको लोभ छैन तर प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि हटिन्न: देउवा

2

३९ अंकले ओरालो लाग्यो नेप्से, सर्वाधिक कारोबार गर्दै नेपाल टेलिकम उच्च स्थानमा

3

नेप्सेमा प्रभु बैंकको बोनस शेयर सूचीकृत,यस्ता शेयरधनीले मात्र पाउछन्?

4

सिनामंगलस्थित नेपाल म्यानपावरमा विभागको छापा

5

बाेनश घाेषणापछि टेलिकमकाे मूल्य घट्याे

6

नेम्वाङसहित पाँच जनालाई प्रचण्ड-नेपाल पक्षद्वारा पार्टीबाट निष्काशन


Share Tweet Send