Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

हराएका भनिएका ज्याक मा देखिए तीन महिनापछि


हराएका भनिएका ज्याक मा देखिए तीन महिनापछि

एजेन्सी | चिनियाँ अर्बपति ज्याक मा झन्डै तीन महिनापछि सार्वजनिक रूपमा देखिएका छन्। गत अक्टोबरदेखि सार्वजनिक रूपमा नदेखिएका मा बुधबार एउटा भिडिओ कन्फरेन्समा देखिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

लामो समय उनी सार्वजनिक मञ्चमा नदेखिएपछि चिनियाँ सरकारले नै उनलाई बेपत्ता पारेको हुन सक्ने आशंका गरिएका समाचार प्रकाशित भएका थिए।

ग्लोबल टाइम्सका अनुसार माले बुधबार रूरल टिचर्स अवार्ड कार्यक्रममा भर्चुअल सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले कोरोनाको महामारी सकिएपछि आफूहरू फेरि भेट्ने बताएका छन्। यो अवार्ड माकै संस्था ज्याक मा फाउन्डेसनले गर्दै आएको छ। प्रविधि व्यापारमा आउनुअघि मा अंग्रेजी पढाउँथे।

कोरोना महामारीका बेला विभिन्न मुलुकमा स्वास्थ उपकरण र अन्य सामग्रीहरू दिँदै आएका मा आफ्ना गतिविधिबारे ट्वीटरमा अपडेट गरिरहन्थे।

अक्टोबर १० पछि भने उनले कुनै ट्वीट गरेका छैनन्।

पछिल्लो समय माले चिनियाँ कम्युनिष्ट पार्टीको सरकारका अधिकारीहरूको आलोचना गरेका थिए।

माको आन्ट ग्रुपले  केही समयअघि संसारकै ठूलो आइपिओ  (इनिसियल पब्लिक अफरिङ) जारी गर्न लागेको थियो। सांघाई स्टक एक्सचेन्जमा अन्तिम समयमा आन्टलाई आइपिओ जारी गर्नबाट रोकिएको थियो।

माले विवादास्पद अभिव्यक्ति दिएपछि बेइजिङले उनको कम्पनीविरूद्ध एन्टी मोनोपोली अनुसन्धान सुरू गरेको छ।

चिनियाँ अर्बपति ज्याक मा, ‘हराएको’ आशंका
चिनियाँ अर्बपति ज्याक मा दुई महिनादेखि सार्वजनिक रूपमा नदेखिएपछि उनी ‘हराएको’ आशंका गरिएको छ। याहु न्युजले ज्याक मा हराएकोबारे समाचार प्रकाशित गरेको छ। उक्त समाचारमा अलिबाबाका संस्थापक मा पछिल्लो समय ‘अफ्रिका बिजनेस हिरोज’मा अनुपस्थित हुनुले पनि उनी हराएको शंकामा बल पुगेको उल्लेख छ। नोभेम्बरमा भए…
1

फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान

2

डा.बाबुराम भट्टराईको छिट्टै शल्यक्रिया नगरे क्यान्सरको सिकार बन्न सक्ने

3

आज रियल म्याड्रिड र रियल सोसिडाड भिड्दै

4

बढ्याे सुनकाे भाउ

5

तीनवटा नाकाहुँदै ६० हजार टन मल नेपाल भित्रियाे

6

क्लाेज आउटबाट ११ कराेड जरिवाना असुल, कसरी परिन्छ क्लाेज आउटमा ?


Share Tweet Send