देशको मेरुदण्ड भन्ने नै गुणस्तरहीन : कारबाहीमा जगदम्बा स्टील्स


देशको मेरुदण्ड भन्ने नै गुणस्तरहीन :  कारबाहीमा जगदम्बा स्टील्स

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले जगदम्बा स्टील्स प्रालि बारालाई कारबाही गरेको छ ।

उद्योगबाट उत्पादित बस्तुहरु नेपाल गुणस्तर अनुरुप नभएकाले कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

परीक्षण नतिजा

विभागका अनुसार जगदम्बाको संकलित नमुनामा कार्टुनको मान अधिकतम शुन्य दशमलव ३० प्रतिशत हुनुपर्नेमा शुन्य दशमलव ३५ प्रतिशत भएको र सल्फरको मान अधिकतम शुन्य दशमलव शुन्य ५५ हुनुपर्नेमा शुन्य दशमलव शुन्य ६० भएकाे त्यस्तै बेन्ड टेस्ट नेपाल गुणस्तर अनुरुप नरहेको विभागले जनाएको छ ।

कारवाही व्यहोरा

१६ एम एम साइजमा इजाजत स्थगन गरी कारीव ३०० टन उक्त उत्पादनलाई विभागको प्रतिनिधिको रोहबरमा स्क्याप (रद्दीमा परीणत) गरी विक्री वितरण हुन नदिइने विभागले जनाएको छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...