जनकपुरमा र पोखरामा राजावादीहरुले शक्ति प्रदर्शन गरेका छन्। नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान पुनर्वहाली गनुपर्ने माग गर्दै नेपाल राष्ट्रवादी समूहले बुधबार जनकपुरधाममा र पोखरामा शक्ति प्रदर्शन गरेका हुन्।
राजतन्त्र फर्काउनुपर्ने माग गर्दै नेपालको राष्ट्रिय झण्डा बोकेर सयौंको संख्यामा राजावादीहरुले जनकपुर र पोखरामा कोणसभामा परिणत भइ शक्ति प्रदर्शन गरेका हुन्।
पूर्व राजा रानीको तस्वीर भएको ब्यानरसहित उनीहरुले राजा आउ देश बचाउको नारा लगाएका हुन्।
नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने, २०४७ सालको संविधान पुर्नवहाली गनुपर्ने, राजतन्त्र पुनर्वहाली गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर्नुपर्ने लगायतका उनीहरुले माग गरेका छन्।