durbar-times

जिप दुर्घटना हुदा ७ जना घाइते, २ को अवस्था गम्भीर


जिप दुर्घटना हुदा ७ जना घाइते, २ को अवस्था गम्भीर

अर्घाखाँचीको सन्धिखर्कमा जिप दुर्घटना हुदा ७ जना घाइते भएका छन्। सन्धिखर्क–९  अर्घाको सेक्रटीबाट सदरमुकाम सन्धिखर्क तर्फ आउँदै गरेको लु १ ज ४५३८ नम्बरको डबल क्याप जीप चुत्राबेंसी जनज्योति उच्च मावि नजिकै सडकबाट करिव ३५ मिटर तल भीरमा खसेर अड्किएको छ।

दुर्घटनामा परि अर्घाखाँची  सन्धिखर्क ९ अर्घाका २८ वर्षीय सुरज खनाल, उनकी श्रीमती २३ वर्षीया रिता खनाल, छोरा ४ वर्षीय छोरा सुक्रिम खनाल, सोही ठाउँका ३३ वर्षीय सावित्री खनाल, १८ वर्षीय विजय खत्री, जीप चालक ४२ वर्षीय ठक बहादुर खत्री र ६६ वर्षीया सीता खत्री घाइते भएका छन्। घाइते मध्ये चालक ठक बहादुर खत्री र ६६ बर्षिय सीता खत्री गम्भीर घाइते भएका छन्। उनिहरू सबैको अहिले जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको छ।

सडकबाट पल्टिएको जीप भिरमा रूखमा अड्किएर ठूलो क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रामनारायण गुप्ताले जानकारी दिए।

दुर्घटना भएको जानकारी पाउने बित्तिकै स्थानीयबासी, नेपाल प्रहरी, नेपाली सेना  घटनास्थलमा पुगेर घाइतेहरूको उद्दार गरि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको छ।

1

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

2

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

3

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

4

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

5

लुटपाट आरोपमा चार युवकलाई पक्राउ

6

भारतमा २४ घण्टामा २ लाख १७ नयाँ संक्रमित थप


Share Tweet Send