durbar-times

झाँक्रीलाई प्रहरीले बोलायो, उपस्थित नभए पक्राउ गर्ने तयारी


झाँक्रीलाई प्रहरीले बोलायो, उपस्थित नभए पक्राउ गर्ने तयारी

काठमाण्डु | प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई बोलाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुनेगरी सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि प्रहरीले सोधपुछका लागि बोलाएको हो ।

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई सोधपुछका लागि कार्यालय बोलाएको जानकारी दिए । प्रतिनिधिसभा सदस्य जस्तो जिम्मेवार व्यक्ति उपस्थित हुनेमा आफू विश्वस्त रहेको उनले बताए । झाँक्री उपस्थित नभएमा पक्राउ गर्ने प्रहरीको तयारी रहेको छ ।

केही दिनअघि झाँक्रीले गोरखा पुगेर संसद विघटनमा राष्ट्रपति भण्डारीले भूमिकाको आलोचना गर्दै उनलाई शितलनिवासबाट निस्केर बालकोट जान भनेकी थिइन् ।

त्यस्तै उनले बुधबार राजधानीमा भएको प्रचण्ड नेपाल समूहको जनसभामा भनेकी थिइन्, ‘संस्थाको कुनै लिंग हुँदैन । त्यो सार्वजनिक हुन्छ । बोल्न पाइन्छ । हामी बोल्न जन्मिएका हौं । प्रधानमन्त्री ओलीको प्यादा बन्ने व्यक्तिको विरोध गर्न पाइन्छ ।’

कार्यक्रममा झाँक्रीले आफूविरुद्ध महिला अस्मिताको कुरा उठाउँदै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने महिला संघले भागरथी भट्टको न्यायका लागि ज्ञापन पत्र बुझाए की बुझाएनन् भन्दै प्रश्न गरेकी थिइन् ।

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send