काठमाण्डौं | राप्रपा अध्यक्ष कमल थापाले रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका छन् । उनले अभिव्यक्ति स्वतन्त्रतालाई कण्ठित नगर्न पनि आग्रह गरेका छन् ।
उनले ट्वीटरमा भनेका छन्,‘रामकुमारी झाँक्रीलाई तत्काल रिहाई गरियोस्। अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस्’।
राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिएको आरोपमा बिहीबार प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो ।