रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिने जिदानलाइ काेराेना संक्रमण देखिएकाे छ । स्पेनिस काेपा डेल रेकाे अन्तिम ३२ काे खेलकाे एकदिन पछि उनलाइ काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
जिदान अघिल्लाे साता काेराेना संक्रमित व्यक्तिकाे सप्मर्कमा रहेपनि काेराेना नेगेटिभ देखिएकाे थियाे , तर शुक्रबार भने उनीलाइ पाेजेटिभ रिपाेर्ट हात लागेकाे हाे ।
याेसँगै जिदानले शनिबार एलाभेसविरुद्धको खेल गुमाउने पक्का भएको छ । रियलले शनिबार राति एलाभेससाग प्रतिस्पर्धा गर्दैछ । अब जिदानको स्थानमा सहायक प्रशिक्षक डेभिड बेट्टोनीले रियलको टच लाइनमा रहनेछन् ।
एलाभेसविरुद्धको खेलपछि रियलले लेभान्टे, हुएस्का र गेटाफेसँग प्रतिस्पर्धा गर्दैछ । ला लिगाको प्रोटोकल मान्नुपर्ने भएकाले जिदानले कति खेल गुमाउने हो त्यो भन्न सकिने अवस्था छैन ।
एलाभेसरिुद्धको खेलमा प्रशिक्षक जिदानसँगै कप्तान सर्जियो रामोस, नाचो फर्नान्डेज, ड्यानी कार्भाजल, फेडरिको भाल्भेर्डे, रोड्रिगो र मार्टिन ओडेगार्ड पनि टोलीमा हुनेछैन । नाचो कन्ट्याक्ट ट्रेसिङमा रहँदा चोटका रामोस, कार्भाजल, फेडे र रोड्रिगो टोलीमा छैनन् ।