http://bit.ly/bajajdurbartimes

जनयुद्द कुहिएकाे फर्सी हाे भन्दा ताली बजाउने माओवादी देख्दा लाज लाग्छःप्रचण्ड


जनयुद्द कुहिएकाे फर्सी हाे भन्दा ताली बजाउने माओवादी देख्दा लाज लाग्छःप्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व माओवादी अहिले ओलीको गुटमा गएको देखेर लाग लागेको बताएका छन् ।

पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले जनयुद्ध कुहिएको फर्सी हो भनेको सुन्न कसरी पुगेका होलान भन्दै उनले त्यस्ता साथीहरु देखेर लाज लाग्ने गरेको बताए । उनले अहिलेको लडाई सही र गलत प्रवृत्तिबीचको लडाई भएको बताएका छन् ।

विचार, सिद्धान्तबीचको लडाई पार्टी एकता भएदेखि नै कहिले सामान्य रुपमा र कहिले विकराल रुपमा देखा परेको बताए । उनले गत वर्षको बैशाखदेखि यो लडाई अलि चर्काे रुपमा देखा परेको बताए ।

माघपछिको केन्द्रीय कमिटीको बैठकपछि पार्टीमा जर्बजस्ती पूर्व एमाले र पूर्व माओवादीबीचको लडाई बनाउने कसरत गरिएको उनले बताए । त्यतिबेला पनि माधव कुमार नेपाल कुनै पनि पक्षमा नलागेको भन्दै त्यसप्रति उनले सम्मान व्यक्त गरे ।

1

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड हुने समय तय

2

महिला लघुवित्तले आईपीओ बिक्री गर्ने

3

हार्याे पुलिस , एपिएफ फाइनलमा

4

पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि

5

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज

6

आईपीएल अक्सनको मिति र स्थान तोकियो


Share Tweet Send