जो बाइडनले देशकै इतिहासमा सबभन्दा धेरै भोट ल्याए, को बन्ला त अमेरिकि राष्ट्रपति ?


जो बाइडनले देशकै इतिहासमा सबभन्दा धेरै भोट ल्याए, को बन्ला त अमेरिकि राष्ट्रपति ?

अमेरिकाको राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले देशकै इतिहासमा सबभन्दा धेरै भोट ल्याएका छन् ।

अहिलेसम्मको मतगणना अनुसार, ७ करोड २० लाखभन्दा बढी भोट ल्याइसकेका छन् । प्रतिद्वन्द्वी राष्ट्रपति डोनल्ड ट्रम्पले ६ करोड ८५ लाखभन्दा बढी भोट जितेका छन् ।

यसअघिको कीर्तिमान बाराक ओबामाको थियो । उनले सन् २००८ मा ६ करोढ ९४ लाख भोट ल्याएका थिए ।

बाइडेनले र ट्रम्पबीच कडा प्रतिस्पर्धा, ट्रम्पभन्दा बाइडेन अगाडि
अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणनामा डेमोक्रयाटिक उम्मेदवार जो बाइडेनले प्रतिद्वन्दी डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ । बाइडेनले आफु ट्रम्पभन्दा अगाडी रहेको र जित सुनिश्चित हुँदै गएको बताएका छन् भने बर्तमान राष्ट्रपति समेत रहेका डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाइरहेका छन ।…

यस निर्वाचनमा पहिले नै दिइएको मत र हुलाकमार्फत दिइएको मतले अन्तिम परिणाम निर्धारण गर्ने देखिएको छ । अहिलेसम्म परिणाम हेर्दा बाइडनको चान्स बढी छ तर कसले जित्छ भनेकुरा नतिजा आएपछि मात्रै  हुन्छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...