जोरबिजोर उल्लंघन गर्ने एक हजार २२५ सवारीसाधन कारबाहीमा


जोरबिजोर उल्लंघन गर्ने एक हजार २२५ सवारीसाधन कारबाहीमा

काठमाडौं | ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सवारीसाधन सञ्चालनमा लागू गरिएको जोरबिजोर प्रणालीमा कडाइ गरेको छ।

आज बिहानसम्म जोरबिजोर उल्लंघन गर्ने एक हजार २२५ सवारीसाधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका सवारीसाधनमा एक हजार ३ दुई पांग्रे र  २२२ वटा चार पांग्रे छन्। नम्बर प्लेटको अन्तिम अंकको आधारमा सवारीसाधनको जोर बिजोर छुट्याइएको छ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...