durbar-times

जसपा महन्थ-राजेन्द्र पक्षलाई सरकारमा सहभागी गराउन बालुवाटारमा छलफल जारी


जसपा महन्थ-राजेन्द्र पक्षलाई सरकारमा सहभागी गराउन बालुवाटारमा छलफल जारी

नेकपा एमाले र जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका नेताहरूबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका नेताहरू र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसहितका नेताहरूबीच भेटवार्ता भइरहेको छ ।

ठाकुर निकट एक नेताले केहीबेर अघि प्रधानमन्त्रीसहित एमालेका नेताहरूसँग छलफल गर्न अध्यक्षसहितका नेताहरू बालुवाटार गएको जानकारी दिए ।

‘सम्भवत आजै नभए भोली सरकारमा सहभागी हुने निश्चित भएको छ,’उनले भने,‘अहिले भइरहेको छलफलपछि ठोस सहमतिको कुरा थाहा हुन्छ।’ जसपाले आठ मन्त्री र २ राज्यमन्त्रीको माग गरेको छ। प्रधानमन्त्री पनि जसपाको मागमा सहमति भइसकेको बुझिएको छ ।

ती नेताका अनुसार जसपाले अघि सारेका अन्य मागहरूका बारेमा आजको भेटवार्तामा थप केही छलफल हुने बताइएको छ । जसपा विभाजनको दिशामा अघि बढेका बेला महन्थ राजेन्द्र पक्ष सरकारमा सहभागी हुन लागेको हो। एकले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्नेसम्मको चेतावनी दिइरहेका छन् । आजै बिहान जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले हात मिलाएर आ–आफ्नो बाटो लाग्नुपर्ने बताएका थिए ।

नागरिकता अध्यादेश,मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता र संविधान संशोधन कार्यदल गठन भएपछि महन्थ ठाकुर पक्षले मधेशका माग एमालेले पूरा गरेको भन्दै सत्तामा सहकार्य गर्न अघि बढेको हो ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send