नयाँ सत्ता समिकरणकाे विषयलाई लिएर यतिबेला पेरिसडाँडामा जसपा र माओवादी केन्द्रबीच छलफल चलिरहेकाे छ।
नेकपा एमाले र नेपाली कांग्रेससँगकाे छलफलपछि जसपा माओवादी केन्द्रसँग छलफल गर्न पेरिसडाँडा पुगेकाे हाे ।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू र जसपा नेताहरू महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ उपस्थित छन् ।