काठमाडौं | जनता समाजवादी पार्टीको आज बस्ने भनिएको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । बैठकका लागि तयारी पूरा नभएको भन्दै जसपा अध्यक्ष महन्थ ठाकुरले बैठक स्थगित गरेका हुन् ।
जसपाको आजको कार्यकारिणी बैठक बसेर सरकारमा जानेबारे महत्वपूर्ण निर्णय लिने बुझिएको थियो ।
सत्ता गठबन्धनमा कोसँग सहकार्य गर्ने तथा परिवर्तित अवस्थामा पार्टीको आगामी कार्यदिशा तय गर्न बोलाइएको बैठक तयारी नपुगेका कारण स्थगित भएको नेता केशव झाले जानकारी दिए ।