स्थगित खेलमा युभेन्ट्सलाई ३-० को जित प्रदान


स्थगित खेलमा युभेन्ट्सलाई ३-० को जित प्रदान

इटालियन सिरी 'ए' अन्तर्गत नापोलीविरुद्धको स्थगित खेलमा युभेन्ट्सलाई ३-० को जित प्रदान गरिएको छ ।

इटालियन सिरी 'ए' ले युभेन्ट्स र नापोलीबीचको स्थगित खेलमा युभेन्ट्सलाई ३-० को जित प्रदान गरेको हो । टुरिनमा अक्टोबर ४ मा युभेन्ट्स र नापोलीबीचको खेल तय भएको थियो । तर, नापोलीले टुरिनको भ्रमण गर्न असफल भएपछि अन्तिम समयमा आएर खेल स्थगित गरिएको थियो ।

नापोलीका दुई खेलाडीमा कोरोना संक्रमण देखिएपछि स्थानीय अधिकारीले नापोलीलाई टुरिन भ्रमणको अनुमति दिएको थिएन । युभेन्ट्सका खेलाडी भने नापोलीसँगको खेलका लागि रंगशाला पुगेका थिए ।

यस्तै सिरी 'ए' ले यस सिजन नापोलीको एक अंक समेत घटाएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...