इन्टर मिलानलाई समग्रमा २-१ ले पराजित गर्दै युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ।
गएराति घरेलु मैदानमा सम्पन्न दोस्रो लिग गोलरहित बराबरीमा टुंगिएपछि युभेन्टस फाइनलमा पुगेको हो।
पहिलो लिगमा इन्टरले आफ्नै मैदानमा युभेन्टसलाई २-१ को नतिजा सुम्पिएको थियो। दोस्रो लिगमा पुनरागमन गर्दै फाइनलको यात्रा तय गर्न इन्टर असफल बनेको हो।
युभेन्टसले अब नापोली र एटलान्टाबीचको दोस्रो सेमिफाइनलका विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। ती दुई टिमले पहिलो लिग गोलरहित बराबरी खेलेका थिए।