इटालीको सेरिआ फुटबलमा आज, साविक विजेता युभेन्टस र आटलान्टा बिच रोमाञ्चक प्रतिस्पर्धा रहेको छ।
युभेन्टसको घरेलु मैदान एलियान्ज एरिनामा हुने यस् खेल नेपाली समय अनुसार रातीको ११:१५ मा हुनेछ।
हालसम्म ११ खेल खेलेको युभेन्टस २३ अंकका साथ तालिकाको चौथो स्थानमा रहेको छ। ६ जित र ५ बराबरी खेलेको युभेन्टस हालसम्म सेरिआ अपराजित रहेको छ।
यता १० खेलबाट १७ अंक बटुलेको आटलान्टा १७ अंकका साथ तालिकाको नवौं स्थानमा रहेको छ।
अन्य खेल र खेल हुने समय (१:३०)
- इन्टर मिलान र न्यापोली
- एसि मिलान र जेनोआ
- फियोरेन्टिना र सास्सुओलो,
- पार्मा र काग्लियारी
- स्पेजिया र बोलोग्ना
यो पनि :