durbar-times

युभेन्ट्स बेनेभेन्टोसँग पराजित


युभेन्ट्स बेनेभेन्टोसँग पराजित

इटालिएन सिरी ए फुटबलमा साविक विजेता युभेन्टस पराजित भएको छ । आइतबार राती भएको खेलमा युभेन्टस बेनिभेन्टोसँग १–० गोलले पराजित भएको हो ।

बेनिभेन्टोका लागि एडोल्फो गाइचले गरेको एक मात्रै गोल निर्णायक बन्यो । उनले खेलको ६९ औँ मिनेटमा सुन्दर गोल गरेका थिए ।

जितसँगै बेनिभेन्टो २८ खेलबाट २९ अंकसहित १६ औँ स्थानमा यथावत छ । युभेन्टस भने २७ खेलबाट ५५ अंकसहित तेस्रो स्थानमा छ । हारले युभेन्टसलाई शीर्ष स्थानको इन्टरमिलानसँग अंकदुरी घटाउने अवसर गुमेको छ । इन्टरमिलानको ६५ अंक हुँदा दोस्रो स्थानको एसी मिलानको ५९ अंक छ ।

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send