इटालियन लिग सिरि ए मा आज युभेन्टस र साम्पडोरिया भिड्दै छन् । खेल नेपाली समय अनुसार राति १०:४५ बजे शुरु हुनेछ ।
घरेलु मैदानमा हुने खेल जित्दै साम्पडोरिया विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ । साम्पडोरियाले लिगको पछिल्लो २ खेलमा सतप्रतिशत जित निकालेको थियो । हाल सम्पडोरिया १९ खेलमा २६ अङ्क जोड्दै लिगको दसौं स्थानमा छ ।
यता युभेन्टसपनि आजको खेल जित्दै लिगमा आफ्नो स्थानमा सुधार गर्न चाहन्छ । हाल युभेन्टस १८ खेलमा ३६ अङ्क जोड्दै लिगको चौथो स्थानमा छ । जुन शिर्ष स्थानको एसि मिलानको भन्दा ७ अङ्क कम हो । कोपा इटालिया अन्तर्गत स्पालविरुद्धको पछिल्लो खेलमा विश्राम पाएका रोनाल्डो आजको खेलमा शुरूवात गर्ने सम्भावना छ ।