Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

सिरी 'ए'मा युभेन्टसको सहज जित,रोनाल्डोको उत्कृष्ट प्रधर्शन


सिरी 'ए'मा युभेन्टसको सहज जित,रोनाल्डोको उत्कृष्ट प्रधर्शन

एजेन्सी | इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३-० गोल अन्तरले पराजि गरेको छ ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । वेस्टन म्याकेनीको नाममा एक गोल रह्यो । रोनाल्डोले दुबै गोल हेड मार्फत गरेका थिए ।

यस गोलसँगै रोनाल्डो सिरी 'ए' को यस सिजन सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् ।

रोनाल्डोले १८ गोल गरेका छन् । यस्तै रोनाल्डो लगातार १४ सिजन २५ भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।

जितसँगै युभेन्ट्स लिगको तेस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले २२ खेलमा ४५ अंक जोडेको छ ।युभेन्ट्स शीर्ष स्थानको इन्टर मिलान भन्दा अझै ८ अंकले पछि रहेको छ ।

क्रोटोन १२ अंक जोडेर पुछारमा रहेको छ ।

1

नेपाल टेलिकमबाट नागरिक एप चलाउँदा शुल्क नलाग्ने

2

पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

3

नेप्से ४० अंकले बढ्दा निफ्राको मात्रै साढे ४४ करोडको कारोबार

4

युनाइटेड र चेल्सी बराबरीमा रोकिए

5

टोटेनहम र लिभरपुल बिजयी

6

लगातार सर्किटकाे यात्रामा चन्द्रागिरी


Share Tweet Send