च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले डायनामो किभलाई हराएको छ ।
बुधबार भएको समूह जीको खेलमा सिरि ए च्याम्पियन युभेन्ट्सले डायनामो किभलाई ३–० गोल अन्तरले हराएको हो ।
युभेन्ट्सको जितमा रोनाल्डोले करियरको ७ सय ५० गोल पुरा गरे । रोनाल्डोको गोलसंगै युभेन्ट्सले सहज जित निकाल्न सफल रह्यो । युभेन्ट्स यसअघिनै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ ।
किभको समूह चरणमा मात्र एक अंक रह्यो । युभेन्ट्स १२ अंक सहित दोस्रो स्थानमा छ ।
यो पनि:
मेस्सी, लेवान्डोस्की र सलाहलाई पछि पार्दै रोनाल्डोलाई गोल्डेन फुट अवार्ड