पूर्व राज्यमन्त्रीसहित १० जना जुवा खालबाट पक्राउ


पूर्व राज्यमन्त्रीसहित १० जना जुवा खालबाट पक्राउ

प्रहरीले जुवा खेलिराखेको अवस्थामा पूर्व राज्यमन्त्री खोभारी रायसहित १० जनालाई पक्राउ गरेको छ ।

भारतीयलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ
१४ कात्तिक, धनगढी । कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको हो । वडाध्यक्ष जोशीले २०७५ साल फागुन २० गते भारतका अलियास अन्सारीलाई वंशजको आधारमा नागरि…

महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

उनीहरुको साथबाट १ लाख ५३ हजार रुपैयाँ नगद पनि बरामद भएको छ ।

जुवाको खालबाट पक्राउ परेका खोभारी राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री भएका थिए ।

२०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका उनी २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । विवादित छविका खोभारी राय त्यसयता राजनीतिमा निष्कृय छन् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...