durbar-times

ज्याेति लाइफकाे आइपिओमा कति पर्याे आवेदन ?


ज्याेति लाइफकाे आइपिओमा कति पर्याे आवेदन ?

पछिल्लाे लहर अनुसार ज्याेति लाइफकाे आइपिओमा पनि मागभन्दा बढी आवेदन परिसकेकाे छ । आइतबार बेलुकासम्म करिब १२ लाख आवेदन परिसकेकाे बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएकाे छ ।

शुक्रबारबाट खुलेको कम्पनीको आईपीओमा शुक्रबार नै २ लाख ८८ हजार ५५५ आवेदकबाट ७३ लाख ८५ हजार ५९० कित्ताको लागि आवेदन परेको थियो ।  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता आइपिओ  निश्कासन  तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताको लागि  छिटोमा फागुन २६ गते र ढिलोमा चैत्र ६  गतेसम्म आवेदन दिन सक्नेछन् ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send