durbar-times

ज्याेति लाइफकाे आइपीओ बाँडफाँटकाे मिति तय


ज्याेति लाइफकाे आइपीओ बाँडफाँटकाे मिति तय

ज्याेति लाइफ इन्स्याेरेन्सकाे आइपीओ बाँडफाँट गर्ने मिति तय भएकाे छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आइपीओकाे बाँडफाँट चैत १३ गते शुक्रबार हुने जानकारी दिएकाे छ। १३ गते तय भएपनि समय भने यकीन भैनसकेकाे क्यापिटलले जनाएकाे छ ।

कुल ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको परेकाे आइपीओमा भाग्यकै भर पर्नुपर्ने देखिएकाे छ । यसमा १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका हुन् ।

१२ लाख १० हजार भन्दा धेरै भने आइपीओ पाउनबाट वञ्चित हुनेछन् । अन्यले भने गाेलाप्रथाकाे माध्यमबाट १० कित्ता हात पार्नेछन् ।

ज्योतिले फागुन २१ गते बाट २६ गतेसम्म १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send