durbar-times

ज्याेति लाइफकाे आइपिओ बाँडफाँडमा किन भयाे ढिलाई ?यस्ताे छ कारण


ज्याेति लाइफकाे आइपिओ बाँडफाँडमा किन भयाे ढिलाई ?यस्ताे छ कारण

ज्याेति लाइफ इन्स्याेरेन्सकाे आइपिओ बाँडफाट चैत १३ गते शुक्रबार हुने भएकाे छ। पछिल्लाे समय आइपिओ आवेदन दिने म्याद सकिएकाे १० दिन भित्रमा बाँडफाँट हुने भएपनि ज्याेति लाइफकाे आइपिओ बाँडफाँट केही समय ढिला हुने भएकाे छ।

बिक्री तथा निष्कासनकाे जिम्मा पाएकाे एनएमबि क्यापिटलले बताए अनुसार ज्याेति लाइफकाे आइपिओमा १८ लाख ४२ हजार ४९६ जनाले आवेदन दिएका छन् । ५९ लाख ४० हजार कित्ता आवेदन माग गरेकाे इन्स्याेरेन्सकाे आइपिओमा ३ कराेड ८० लाख कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ६.४१ गुणा बढी आवेदन हाे ।

सिंगटीकाे आइपिओमा पहिलाे दिन नै मागभन्दा बढी आवेदन

कुल आवेदकमध्ये ६७.७६ प्रतिशतले कम्पनीकाे आइपिओ नपाउने भएका छन् । जम्मा ५ लाख ९४ हजार जनाले मात्र आइपिओ हात पार्ने भएका हुन् ।

किन भयाे बाँडफाँटमा ढिलाई ?

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आवेदन रूजु गर्न समय लागेकाे र रूरू जलविद्युत आयाेजनाकाे आइपिओ स्थानीय बासिन्दालाइ बाँडफाँट गर्नुपर्ने भएकाले ज्याेति लाइफ इन्स्याेरेन्सकाे आइपिओ बाँडफाँटमा ढिलाई भएकाे हाे ।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send