durbar-times

ज्याेति लाइफ इन्स्याेरेन्सकाे आइपिओ आज बाँडफाँट हुँदै


ज्याेति लाइफ इन्स्याेरेन्सकाे आइपिओ आज बाँडफाँट हुँदै

ज्याेति लाइफ इन्स्याेरेन्सकाे आइपिओ आज बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलकाे कार्यालयमा आज दिउँसाे १२ः३० मा बाँडफाँट हुने क्यापिटलले जनाएकाे छ।

अत्याधिक आवेदन र बाँडफाँटकाे चापका कारण ज्याेति लाइफकाे आइपिओ बाँफाँट ढिला भएकाे क्यापिटलले बताएकाे छ ।

कुल ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको परेकाे आइपीओमा भाग्यकै भर पर्नुपर्ने देखिएकाे छ । यसमा १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका हुन् ।

१२ लाख १० हजार भन्दा धेरै भने आइपीओ पाउनबाट वञ्चित हुनेछन् । अन्यले भने गाेलाप्रथाकाे माध्यमबाट १० कित्ता हात पार्नेछन् ।

ज्योतिले फागुन २१ गते बाट २६ गतेसम्म १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send