http://bit.ly/bajajdurbartimes

राष्ट्रपति विरूद्द अमर्यादित नारा लगाउने विष्टलाइ खाेज्दै प्रहरी


राष्ट्रपति विरूद्द अमर्यादित नारा लगाउने विष्टलाइ खाेज्दै प्रहरी

प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले मंगलबार काठमाडौंमा गरेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिप्रति आपत्तिजनक र अमर्यादित लाञ्छना लगाउँदै नाराबाजी गर्ने व्यक्तिको पहिचान भएको छ ।

प्रहरीले प्रचण्ड–माधव पक्षधर नेकपाका ती कार्यकर्तालाई पक्राउ गर्न सम्बन्धित युनिटलाई परिचालन गरेको स्रोतले जनाएको छ । तत्कालीन माओवादी सम्बद्ध वाईसिएलका केन्द्रीय सदस्य रहेका दार्चुलाका नरबहादुर बिष्टलाई प्रहरीले खोजी गरिरहेको एक उच्च अधिकारीले बताए ।

बिष्ट दार्चुलाको मार्मा गाउँपालिका कमिटीको नेकपा अध्यक्ष समेत रहेको जानकारी प्राप्त भएको प्रहरी स्रोतले जनाएको छ । जुलुसमा माइकबाटै उनले राष्ट्रपतिको नाम किटेर व्यक्तिगत चरित्रहत्या गर्ने हिसाबले अमर्यादित नारा लगाएका थिए ।

उनलाई साथ दिने अरुको पनि पहिचान भएको प्रहरी स्रोतले जनाएको छ । पार्टीले तय गरेको भन्दा बाहिर गएर नारा लगाएको भन्दै प्रचण्ड-माधव पक्षले सो नारामा आफ्नो सहमति नरहेको जनाएको छ ।

ती व्यक्तिहरुले ‘विद्या तिम्रो सिन्दूर खोई…तिम्रो पोइ’ जस्ता आपत्तिजनक नारा लगाएको भिडियो हेरेपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो । राष्ट्रपतिकी छोरी उषाकिरण भण्डारीलगायत नेकपा सम्बद्ध महिला संघले ती व्यक्तिको पहिचान गरी कडा कारबाहीको माग गरेको थियो ।

1

पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना संक्रमण पुष्टि

2

अक्षय कुमारको ‘बच्चन पाण्डे’को प्रदर्शन मिति तय

3

काराेबार रकमले रेकर्ड राख्दा नेप्सेमा छायाे बहार

4

संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् : प्रधानमन्त्री ओली

5

तथ्याङ्क विभागले माग्याे ३७ हजार कर्मचारी (फारम भर्ने लिङ्कसहित)

6

चुनावले झन् ठूलो दुर्घटना ल्याउनेछ : बाबुराम


Share Tweet Send