नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ।