durbar-times

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान


काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

तपाईँ हामीमध्ये कतिपयलाई बिहान उठ्नासाथ थकान महसुस हुन्छ । जति आराम गर्याे उति थकाइ लागिरहन्छ । हामी भन्ने गर्छाैँ - केही नगरी थकाइ लाग्याे । तर याे कत्तिकाे स्वास्थ्यवर्धक छ त ? यसकाे बारेमा भने हामीले ध्यान पुर्याएका हुन्नाैँ ।

केही नगरी किन थकाइ लाग्छ त ?

  • कुनै बिमारी वा पाेषणकाे कमी अथवा दिनाचर्याकाे कारण यस्ताे हुन सक्छ ।
  • ब्लड प्रेसर , थाइराइड, युरिक एसिडजस्ता समस्याले ढाड, जाेर्नी तथा मांशपेशीहरूमा दुःखाइ महसुस हुन्छ र ज्यान थाकेकाे अनुभव हुन्छ ।
  • धेरै मानसिक तनावका कारण पनि थकान महसुस हुन्छ ।
  • भिटामिन बि - १२ अथवा भिटामिन डि काे कमीका कारण पनि थकान महसुस हुन्छ ।

के हाे त समाधान ?
हरेका समस्याकाे समाधान हुन्छ । हाम्राे जीवनशैली अस्वस्थ बन्दै गएकाे छ । हाम्राे दैनिकी सँगसँगै समग्र जीवनशैलीमा नै धेरै परिवर्तनहरू आइसकेका छन् । त्यसकारण हामीले हाम्राे शरीरकाे रक्षाका लागि विभिन्न उपायहरू अपनाउन सक्छाैँ ।

  • भिटामिन डि , बि लगायतका भिटामिनहरूकाे कमी हुन नदिउँ ।
  • समयसमयमा ब्लड प्रेसर , युरिक एसिडलगायतका स्वास्थ्यसम्बन्धी जाँच गराैँ ।
  • अत्याधिक तनाव नलिउँ। याेग, ध्यान गराैँ । शरीरलाइ स्फुर्तिलाे बनाऔँ ।
  • खानामा ध्यान दिऔँ । पाेषणयुक्त खानेकुरा खाऔँ ।
1

पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो होः कमरेड प्रचण्ड

2

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

3

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

4

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

5

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

6

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु


Share Tweet Send