https://ntc.net.np/

काराेबार रकमले रेकर्ड राख्दा नेप्सेमा छायाे बहार


काराेबार रकमले रेकर्ड राख्दा नेप्सेमा छायाे बहार

साताकाे पहिलाे दिन आज नेप्सेमा काराेबार रकमले रेकर्ड कायम गरेकाे छ । कुल २०७ कम्पनीकाे शेयर काराेबार हुँदा ९ अर्ब ३७ कराेड ६० लाखभन्दा बढी रकमकाे काराेबार भएकाे हाे । याे रकम आजसम्मकै सबैभन्दा बढी हाे ।

आज २०७ कम्पनीकाे १ कराेड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर काराेबार भएकाे छ । जसमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्याेरेन्सकाे ६६ कराेड ८० लाख ६९ हजार ६६८ रूपैँयाकाे काराेबार भएकाे छ ।

आज सबैभन्दा बढी पाेखरा फाइनान्स कम्पनीकाे १० प्रतिशत शेयर मूल्य बृद्दि भएकाे छ भने सबैभन्दा बढी ९.८१ प्रतिशत नारायणी विकास बैंककाे शेयर भाउ घटेकाे छ ।

बजार लगातार उकालाे लागिरहँदा फरक फरक धारणाहरू सार्वजनिक भइरहेका छन् । शेयर बजारमा आजदेखि लागु भएकाे टि प्लस टु नीतिले पनि लगानीकर्ताहरूमा उत्साह थपिएकाे देखिन्छ । काेराेनाकाे खाेप र राष्ट्रबैंककाे सकारात्मक निर्देशनले गर्दा पनि शेयर बजारमा लगातार बृद्दि भैरहेकाे छ ।

1

नक्साल नारायण चौरमा आगलागी

2

प्रधानमन्त्री ओलीद्वारा सक्ने भए अध्यादेश फेल गरेर देखाउन चुनौती

3

पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

4

‘ए मेरो हजुर-४’को रिलिज मिति घोषणा

5

मेयर कपमा आर्मी विजयी, सोमपालको आक्रामक ब्याटिंग

6

आज शेयर बजार बन्द


Share Tweet Send