durbar-times

काठमाडाैँमा वर्ड फ्लू , एकैदिन १२ हजारभन्दा बढी कुखुरा नष्ट


काठमाडाैँमा वर्ड फ्लू , एकैदिन १२ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौंमा बर्ड फ्लू भेटिएपछि एकै दिन साँढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ । काठमाडौंको तारकेश्वरमा फेरि बर्ड फ्लू भेटिएपछि त्यहाँ कुखुरा नष्ट गर्दै थप सतर्कता अपनाएको तारकेश्वर नगरपालिकाले जनाएको छ ।

तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा बिहिबार एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको बताईन्छ ।

विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको नगर कार्यपालिका प्रवक्ता बिदुर सापकोटाले बताए । उनका अनुसार फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १४५० किलो दाना पनि नष्ट गरिएको छ । यस्तै नजिकै रहेको सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला मारिएको छ ।

फार्ममा रहेको ७५० किलो दाना पनि नष्ट गरिएको छ । यसैगरी सम्झना ठकुरी तिवारीको २ हजार ७६ वटा ब्रोइलर र १००७ वटा लोकल कुखुरा नष्ट गरिएको छ । शान्ता खनालले पालेको १०० वटा लोकल कुखुरा र २ वटा टर्की पनि मारेर नष्ट गरिएको छ ।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send