durbar-times

पिडुँला देखाएर सांसद भएको भन्ने रघुजी पन्तको अभिव्यक्तिप्रति कोमल वलीको यस्तो जवाब


पिडुँला देखाएर सांसद भएको भन्ने रघुजी पन्तको अभिव्यक्तिप्रति कोमल वलीको यस्तो जवाब

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा नेता रघुजी पन्तको अभिव्यक्तिबारे आपत्ती जनाएकी छिन् । उनले नेता रघुजी पन्तलाई ‘निच’ व्यक्तिको संज्ञा दिएकी छिन् ।

रघुजी पन्तले एक कार्यक्रममा साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि प्रधानमन्त्रीले कोमल वलीलाई सांसद बनाएको टिप्पणी गरेका थिए ।

नेतृ ओेलीलेे नेता पन्तले महिलाकाे विषयलाई लिएर दिएकाे अभिव्यक्तिमा महिलाकाे इज्जत र प्रतिष्ठामाथि धावा बाेलेकाे र महिलाकाे क्षमताकाे अवमूल्यन गरेकाे बताएकी छिन् ।

उनले अगाडी  स्टयाटस हाल्दै भनेकी छिन्,"हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदाे रहेछ भन्ने बल्ल आएर खुलेकाे छ । पन्तजीलाई मेराे प्रश्न : तपाईकाे पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरुले काे कसलाई पिंडुला देखाएर त्याे स्थानमा पुग्नु भएकाे हाे ? के याे देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईकाे जस्ताे दरिद्र साेचकाे सिकार हुनुपर्छ ?"

उनको पछि हालेको फेसबुक स्टयाटस यस्तो छ :

पुर्वीया दर्शन देखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ । समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन् ।

तसर्थ एकले अर्कालाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो । तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ वहाँको मानव बिकासका क्रममा बन्ने तन्तु हरु विचैमा रोकिएको जस्तो  छ । वहाँले प्रयोग गर्ने शव्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ ।  विवेक हिन मानिसको आलोचना ले आफैलाई आलोचित गर्दछ यस्ता  व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?


1

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

2

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

3

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

4

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

5

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

6

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार


Share Tweet Send