durbar-times

कंगना रनौटको ट्विटर अकाउन्टमा लाग्यो प्रतिबन्ध


कंगना रनौटको ट्विटर अकाउन्टमा लाग्यो प्रतिबन्ध

एजेन्सी | बलिउड कलाकार कंगना रनौट सामाजिक संजालमा निकै सक्रिय छिन् । आफ्ना हरेक भावना संजालमार्फत अभिव्यक्त गर्थिन् ।

बुधबार उनको ट्विट अकाउन्टमा केही समयको लागि प्रतिबन्ध लागेको छ । ट्विटरमा प्रतिबन्द लगाएपछि उनी भट्किएकी छन् ।

कंगनाले ट्विटमार्फत ट्विटरका सीईओ जैक डोर्सेमाथि आक्रोस पोखेकी छिन् । उनले लेखेकी छिन्, ‘लिबरल मानिसहरुले आफ्नो काका जैकसँग गएर रोएपछि मेरो अकाउन्टमाथि केही समयको लागि प्रतिबन्ध गरियो ।’

उनले आफुलाई धम्काईरहेको पनि बताएकी छिन् । उनले लेखेकी छिन्, ‘मेरो अकाउन्ट/भर्चुअल पहिचान कुनै पनि समयमा देशको लागि शहीद हुन सक्छ । तर मेरो रीलोडेड देशभक्त वर्जन फिल्मको माध्यमबाट फिर्ता हुनेछ । म तिमीलाई बाच्न दिनेछु ।’

कंगनाले हालैमात्र एक नयाँ फिल्मको घोषणा गरेकी छिन् । घोषणा भएको फिल्मको नाम ‘मर्णिकर्णिका रिटन्सः द लीजेड अफ दिद्दा’ हो । यसको साथै कंगनाले तेजस, धाकड, थलाइली जस्ता फिल्ममा पछिल्लो समयमा अभिनय गरेकी छिन् ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send