प्राण जाओस तर वचन नजाओसःकंगना रनावत


प्राण जाओस तर वचन नजाओसःकंगना रनावत

वलिउड क्वीन कंगना रनावत अभिनेता सुशान्त सिंह राजपुतकाे मृत्यु प्रकरणदेखि नै उनकाे मृत्युलाई लिएर आक्राेशमा थिइन् । वलिउडमा नेपाेटिज्मले सुशान्तलाई मारेकाे हाे भन्दै उनि नेपाेटिज्मकाे विराेधमा सुरूदेखि नै लागिरहेकि छिन् ।

तर हालेै सुशान्तकाे मृत्युकाे पूर्ण छानबिन भएर सुशान्तले आत्महत्या नै गरेकाे प्रमाणित भएपछि भने अभिनेत्री रनावतमाथि काउन्टर सुरू हुन थालेकाे छ  र उनले अझ कडा जवाफ दिएकी छिन् ।

स्वरा भास्करले एक ट्वीट लेख्दै कंगनालाई लक्षित गरि राष्ट्रिय सम्मान फिर्ता गर्नुपर्ने बताएपछि कंगनाले स्वरा भास्करलाई कडा जवाफ दिएकी छिन् । उनले म रामभक्त हुँ प्राण जाओस तर वचन नजाओस । मैले कुनै झुटाे आराेप लगाएकाे रहेछु भने म मेराे अवार्ड फिर्ता गर्छु भनेर ट्वीट लेखेकी हुन् । साथै उनले याे एक क्षत्रीयकाे वचन भयाे भनेर पनि लेखेकी छिन् ।

कडा उत्तर दिन माहिर कंगनाले आफ्नाे विरूद्धमा आएका टिप्पणीहरूलाई सँधै बाेलती बन्द हुने गरि जवाफ दिन्छिन् । याे श्रृंखला पनि त्यस्तै देखियाे ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...